सनराईज बैंकले ३३.३३% बोनस शेयर र ३०% हकप्रद शेयर निष्काशन गर्ने

Post Date : October 18, 2016 | 12:30 pm

काठमाडौं, २ कार्तिक । सनराईज बैंकले शेयरधनीलाई गत वर्षको मुनाफा एवं जगेडा कोषहरूमा रहेको रकम प्रयोग गरी १ अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८ सय रुपैया बराबर अर्थात ३३.३३ प्रतिशत (प्रत्येक ३ कित्ता शेयर बराबर १ कित्ताका दरले) बोनस शेयर दिने भएको छ । बोनस शेयर जारी भएपछि कायम हुन आएको चुक्ता पूँजीको ३० प्रतिशत (प्रत्येक १० कित्ता शेयर बराबर ३ कित्ताका दरले) हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको आगामी कार्तिक ७ गते बस्ने नवौं वार्षिक साधारण सभाले बोनस शेयर वितरण र हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ९७ करोड ६० लाख ४७ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *