सेन्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

Post Date : June 27, 2016 | 12:17 pm

काठमाडौं, १३ असार । सेन्चुरी कमर्सियल बैंकले क्षेत्रीय स्तरको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्त (एक्वीजिसन) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सेन्चुरी कमर्सियल बैंकले एकसय कित्ता शेयर बराबर इन्नोभेटिभ डेभलपमेन्ट बैंकको ७६ कित्ताका दरले खरिद गर्न लागेको हो । २०७३ साल पुस मसान्तसम्म भित्र प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य सकी एकीकृत कारोवार गर्ने लक्ष रहेको बैंकले जनाएको छ ।

अहिले सेन्चुरी बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाको छ भने ८४ करोड रुपैयाको हकप्रद शेय जारी गर्ने भएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको अहिले चुक्ता पूँजी २९ करोड रुपैया रहेको छ र लाभांश वितरण गरी ३५ करोड रुपैया पुग्न सक्नछ ।

सेन्चुरी बैंकको चैत मसान्तसम्म कुल निक्षेप २६ अर्ब १ करोड रुपैया र कर्जा २२ अर्ब ८३ करोड रुपैया रहेको छ भने इन्नोभेटिभ डेभलपमेन्ट बैंकको कुल निक्षेप २ अर्ब १९ करोड रुपैया र कर्जा लगानी १ अर्ब ७५ करोड रुपैया रहेको छ । प्राप्तीपछि बैंकको शाखा संख्या ४० पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *