स्याउखेती बिमा

Post Date : May 7, 2016 | 2:45 pm

जुम्ला, २४ वैशाख । नेपालमा पहिलो पटक मौसम सूचकाङ्क आधारित स्याउखेतीको बिमा जुम्लाबाट सुरु गरिने भएको छ ।

स्याउखेती बिमाका लागि सक्षम एक्सेस टु फाइनाइन्स कार्यक्रमको सहयोगमा शिखर इन्स्योरेन्स कम्पनीले कार्य थालनी गरेको हो । सो कम्पनीले जुम्लामा बिहीबार स्याउखेती बिमाको उद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन बिमा समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले गर्नु भएको हो ।

प्रा डा केसीले सरकारले यस्तो बिमामा ७५ प्रतिशत अनुदान दिएको बताउनुभयो । मुलुकका अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने बताउँदै उहाँले बिमालाई जीवन पद्दति बनाउन सहभागी किसानलाई आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *