१०० दरको नया नोट बजारमा

Post Date : June 13, 2016 | 4:07 pm

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले गभर्नर डा. चिरञ्जीवी नेपालले दस्तखत गरेको रुपैयाँ १०० दरको साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नं. ए/८ ०००००१ देखि ओ/१७ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैंया“ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैंयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित देहाय बमोजिमका विशेषताहरु भएको नोट यही २०७३ साल जेठ महिना ३१ गतेदेखि चलनचल्तीमा ल्याएको छ ।

नोटको अग्र भागमा:

१. बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२. मध्य भागमा पृष्ठभूमिमा नेपालको नक्सा रहेको ।
३. अशोक स्तम्भको चित्र साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको ।
४. अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको ।
५. अशोक स्तम्भको वायाँतर्फ अण्डाकार भित्र Silver Metallic मा मायादेवीको चित्र रहेको ।
६. दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
७. २ मि.मी. चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको ।
८. तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको ।
९. नोटको बोर्डरमा नोटको Series Number नेपालीमा वि.सं. २०७२ लेखिएको ।

नोटको पृष्ठ भागमा:

१. नोटको मध्य भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
२. नोटको मध्य भागमा एक सिङ्गे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
३. नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा RUPEES ONE HUNDRED लेखिएको ।
४. नोटको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2015 A.D. लेखिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *