अनलाइन पेमेन्ट गर्न नेप्जी

Post Date : March 28, 2016 | 12:01 pm

फाल्गुन ९, २०७२- अनलाइनमार्फत पेमेन्टमा सुविधा थप्न नयां प्रडक्ट सार्वजनिक भएको छ । ए वान टेक्नोलोजीले अनलाइनमार्फत पेमेन्ट गर्ने आफ्नो वेब र एप सेवा सार्वजनिक गरेको हो ।

नेप्जी डटकम तथा एन्ड्रोइड र आईओएस भर्सनमा उपलब्ध यसको एपमार्फत प्रयोगकर्ताले मोबाइलको रिचार्जदेखि डिसहोम, एडीएसलको बिल तिर्न र अन्य अनलाइन पेमेन्ट गर्न सक्छन् ।

प्रयोगकर्तालाई यो सेवा प्रयोग गरेबापत बोनस रकम समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसमा प्रयोगकर्ताले आफ्नो बैंकको भिसा र मास्टरकार्ड प्रयोग गरेर बिल तिर्न सक्नेछन् ।

अनलाइन सेवा दिइरहेका अधिकांश बैंकको कार्ड यसमा सपोर्ट गर्नेछ ।

प्रकाशित: फाल्गुन ९, २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *