एनआइसी एसिया बैंकको फण्ड ट्रान्सफर सेवा

Post Date : February 12, 2017 | 11:10 am

काठमाडौँ, १ फागुन । एनआइसी एसिया बैंकले मोबाइल बैंकिङ सेवाबाट ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले एनएचसिएल–आइपिएस फण्ड ट्रान्सफर सेवा शुरु गरेको छ ।

यो सेवामार्फत बैंकका सेवाग्राहीले मोबाइल बैंकिङ प्रयोग गरी नेपाल क्लियरिङ हाउसमा आवद्ध ६८ वटा बैंक तथा वित्तीय संस्थाको खातामा सजिलै रकम ट्रान्सफर गर्न सकिनेछ ।

यस्तो सेवा शुरु गर्ने एनआइसी एसिया बैंक पहिलो भएको छ । यसबाट एकपटकमा २५ हजार रुपैयाँ र एकदिनमा १ लाख रुपैयाँसम्म रकम ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकवर्गले यो सेवा लिन बैंकको मोबाइल बैंकिङ सेवा गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्नु पर्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *