बीउका लागि भारतकै भर

Post Date : November 24, 2016 | 3:58 pm

सुरुङ्गा (झापा), ९ मङ्सिर । सरकारले बीउ उत्पादन राष्ट्रिय अभियान सञ्चालन गरेर बीउ उत्पादनमा आत्मनिर्भर बनाउन खोजे पनि जिल्लाका कृषक आलुको बीउ खरिद गर्न भारत जान बाध्य छन् ।

अहिले झापासहित तराईका जिल्लामा कृषकले आलु रोप्ने तयारी गर्दैछन् । जिल्ला कृषि विकास कार्यालयले स्रोत केन्द्रमार्फत कृषकलाई आलुको बीउ उत्पादन गर्न अनुदान दिएको थियो । तर पर्याप्त बीउ उत्पादन हुन नसक्दा कृषक भारतबाट खरिद गरी रोप्न थालेका राजगढका कृषक केशव बराल बताउनुहुन्छ ।

माग गरे बमोजिम सरकारले समयमै आलुको बीउ उपलब्ध गराउन नसकेका कारण यहाँका कृषकले कानपुर, लालगुलावलगायत भारतीय प्रजातिका आलुको बीउ रोप्ने गरेका छन् । कृषि कार्यालयले ५० प्रतिशत अनुदानमा टिपीएस र पिबिएस प्रजातिका बीउ प्रदान गरे पनि प्रसस्त मात्रामा उत्पादन हुन सकेन ।

जिल्लामा कुप्री, सिन्धुरी, कार्डियर, डेजिरे, खुमलरातो, टिपिएस, सठियालगायत प्रजातिका आलुको बीउ लगाउने गरिएको छ । कृषिउपज थोक बजार बिर्तामोडकी तथ्याङ्क सहायक माया राजवंशीका अनुसार आव २०७२÷७३ मा जिल्लामा रु ८५ करोड ६३ लाख ७१ हजारको ३८ हजार ३०८ मेट्रिक टन आलु बिक्री भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *