सबै तहका जनप्रतिनिधि बैंक तथा वित्तीय संस्थाको संचालक हुन नपाउने

Post Date : July 25, 2017 | 2:23 pm

काठमाडौँ, १० साउन । नेपाल राष्ट्र बैंकले स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न रोक लगाएको छ ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको इ.प्रा. निर्देशन ६/०७३ को बुँदा नं. १ को उपबुँदा नं. १६ पछि उप बुँदा नं. १७ थप गरी सोही बमोजिम गर्न निर्देशन जारी गरेको छ । थप गरेको बुँदा नं. १७ मा “संघीय संरचना बमोजिम स्थानीय प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्ति यस बैंकबाट इजाजत प्राप्त संस्थामा संचालक रहँदा संस्थागत सुशासनको पक्ष कमजोर हुने हुँदा त्यस्ता पदाधिकारीहरूले पदमा बहाल रहुञ्जेल बैंक तथा वित्तीय संस्थाको संचालक समितिमा प्रतिनिधित्व गर्न पाउने छैनन्” लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *