सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६ को उपाधि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई

Post Date : August 9, 2016 | 2:09 pm

काठमाडौं, २५ साउन । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६ को उपाधि जितेको छ । इम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युट र अन्य कूटनीतिक साझेदारद्वारा आयोजित सो कार्यक्रमलाई एसियन कन्फेडेरेसन अफ बिजनेसद्वारा प्रायोजित गरिएको थियो । सिंगापुरमा आयोजित सो कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका तर्फबाट एचआर प्रमुख बीना राणाले सो पुरस्कार ग्रहण गर्नु भएकी थिइन् ।

प्रत्येक देशका सर्वश्रेष्ठ रोजगारदाता ब्रान्डसम्बन्धी रिसर्च स्वतन्त्र एसियाली व्यवसायीको एक टोलीले गरेको थियो । सो टोलीमा सातवर्षको रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयका पोष्ट ग्राजुएट सामेल थिए ।

बैंकले यस वर्ष ग्लोबल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार र उत्कृष्ट वर्ष २०१६ को युरोमनि पुरस्कार पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *