सिटिजन्स बैंकले एकीकृत कारोवार सुरु गरेको छ

Post Date : July 18, 2016 | 4:12 pm

काठमाडौं, ३ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रिमियर फिनान्स लिमिटेडलाई इक्वीजिसन गरी एकीकृत कारोवार सुरु गरेको छ । इक्वीजिसनपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैया पुगेको छ । त्यस्तै कुल निक्षेप संकलन ४८ अर्ब ८ करोड र कर्जा लगानी ४१ अर्ब ८ करोड रुपैया पुगेो बैंकले जनाएको छ । शाखा संख्या २ थप भई देशभर ५८ शाखा र ९३ शाखारहित बैंकिङ्ग सेवा पुगेको छ ।

यसअघि बैंकले नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र पिपुल्स फाइनान्स लिमिटेडलाई प्राप्ती गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *