सिर्जना फाइनान्सले पचास प्रतिशत बोनस शेयर दिने

Post Date : December 18, 2016 | 12:11 pm

विराटनगर, ३ पुस । सिर्जना फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभाको शनिबार बसेको बैठकले २०७३ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।

सो सभाले रु दुई अर्ब १७ करोड निक्षेप, रु एक अर्ब ९१ करोड कर्जा लगानी पारित गर्नुका साथै २०७३ असार मसान्तको नाफाबाट ५० प्रतिशत बोनस सेयर र २ दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको हो ।

यो प्रस्ताव पारित भएपछि सिर्जना फाइनान्सको पुँजी रु ३० करोड २४ लाख पुगेको छ । चालु वर्षमा सिर्जनाले रु २४ करोड सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको छ । सो मुनाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी रु ४० करोड पूरा गर्ने भएको छ ।

सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सुरु भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईंले सिर्जना फाइनान्सको विगत र भावी योजनाका बारेमा चर्चा गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *