एनआइसी एसिया बैंकमा दुई सहायक सिइओ नियुक्त

Post Date : May 24, 2017 | 9:59 am

काठमाडौँ, १० जेठ । एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपाने र सुधीर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

चार्टर्ड एकाउण्टेण्ट न्यौपाने करिब १० वर्षअगाडि आन्तरिक लेखा परिक्षण विभागको प्रमुखका रूपमा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नु भएको थियो । त्यस्तै २०४६ सालमा तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआइसी एसिया बैंकका विभिन्न विभागमा विभागीय प्रमुखको जिम्मेवारी पूरा गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *