एभरेष्ट बैंकको नयाँ वर्ष २०७४ को क्यालेन्डर सार्वजनिक

Post Date : April 9, 2017 | 2:16 pm

काठमाडौँ, २७ चैत । एभरेष्ट बैंकले नयाँ वर्ष २०७४ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष बिके विष्ट र पञ्जाव नेशनल बैंकका कार्यकारी निर्देशक डा. एमएस साँगापुरेले संयुक्त रूपमा २०७४ सालको क्यालेन्डर विमोचन गर्नु भएको छ ।

बैंकले विगत वर्षहरूमा विभिन्न साँस्कृतिक तथा पर्यटकीय महत्व झल्कने खालका विषयवस्तु समेटेर क्यालेन्डर बनाउँदै आएकोमा यसपटक बौद्ध धर्ममा आधारित विशिष्ट कला थाङ्कालाई क्यालेन्डरमा समावेश गरेको छ । क्यालेन्डरले बुद्धको जीवनी दर्शाउने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *