एभरेष्ट बैंकले ४५ करोड रुपैयाको एफपिओ जारी गर्ने

Post Date : August 8, 2016 | 8:38 am

काठमाडौं, २४ साउन । एभरेष्ट बैंकले आ.व. २०७३/७४ भित्रै ४५ करोड रुपैया बराबरको फर्डर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । बैंकले चुक्ता पूँजी बढाउनका लागि प्रिमियम मूल्यमा एफपिओ जारी गर्न लागेको हो । बैंकले पूँजी वृद्धि योजना सार्वजनिक गर्दै २ अर्ब रुपैया मर्जरबाट, ४५ करोड रुपैया एफपिओबाट र फ्रि रिजर्भमा रहेको २ अर्ब ७७ करोड रुपैयालाई पूँजीकरण गर्दै २०७४ असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुरयाउने जनाएको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७६ करोड रुपैया रहेको छ ।

बैंकले ४ वटा वाणिज्य बैंकसँग मर्जरका लागि कुराकानी भइरहेको जनाएको छ । त्यसमध्ये एउटासँग मर्ज गर्ने जनाएको छ । तर कोसँग मर्जरका लागि कुराकानी भइरहेको भन्ने बैंकले नाम खुलाएको छैन । बैंकले अग्राधिकार शेयरलाई साधारण शेयरमा रुपान्तरण गरी त्यसबाट ४ करोड रुपैया शेयर पूँजी थप्ने बैंकको योजना रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले स्वतन्त्र सञ्चित कोषमा भएको २ अर्ब ७७ करोड रुपैया चुक्ता पूँजीमा पूँजीकरण गर्नु भनेको आवश्यक पर्ने पूँजीका रुपमा रिजर्भ रहेको पूँजीबाट बोनस शेयर जारी गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *