रिलायन्स फाइनान्सको सातौँ शाखा आरुघाटमा

Post Date : May 4, 2017 | 6:52 pm

गोरखा, २१ वैशाख । रिलायन्स फाइनान्स लिमिटेडले गोरखाको आरुघाटमा सातौँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । शाखाको उद्घाटन रिलायन्स फाइनान्सका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले गर्नु भएको छ । शाखा उद्घाटनको अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले संस्थाले दिने सेवाका बारेमा जानकारी गराएको फाइनान्सले जनाएको छ ।

रिलायन्स फाइनान्सको हाल चुक्ता पूँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *