सनराइज बैंकको अगुवाईमा अन्नपूर्ण केवलकार परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

Post Date : February 23, 2017 | 6:37 pm

काठमाडौँ, १२ फागुन । सनराइज बैंक लिमिटेडको अगुवाइमा सनराईज बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संयुक्त सहभागितामा सहवित्तीयकरण लगानी व्यवस्था अनुसार लगानी गर्ने गरी कास्की जिल्लाको सराङकोट गाविसमा निर्माण हुन लागेको २.३ किलोमिटर लामो केवलकार परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त परियोजना प्रतिष्ठित व्यवसायी कालु गुरुङ तथा जापानी मूलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपूर्ण केवलकार प्रा.लि.ले निर्माण गर्न लागेको हो । कुल लागत ८९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको उक्त परियोजनामा बैंकहरुले ६६ करोड रुपैयाँ लगानी गर्ने छन् र यस आयोजना सम्पन्न भए पश्चात पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *