सानीभेरी गाउँपालिकामा सनराइज बैंकको शाखा

Post Date : January 29, 2018 | 9:14 pm

काठमाडौं, १४ माघ । सनराइज बैंक लिमिटेडले प्रदेश नं ५, रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा स्थापना गरी आफ्नो बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन २०७४ माघ १४ गते आइतबारका दिन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

यो समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *