सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्सलाई गाभिन अन्तिम स्वीकृति

Post Date : February 24, 2017 | 11:33 am

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स कम्पनी लिमिटेडलाई एक आपसमा गाभ्न–गाभिन अन्तिम स्वीकृति दिएको छ ।

हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ छ भने भक्तपुर फाइनान्सको २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । मर्जरपछि चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै निक्षेप संकलन २ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ र कर्जा प्रवाह २ अर्ब २३ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।

मर्जरपछि नाम सेन्ट्रल फाइनान्स लिमिटेड र केन्द्रीय कार्यालय ललितपुरको कोपुण्डोलमा रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *