एनआईसी एसिया बैंकले २६% बोनस शेयर र १५% हकप्रद शेयर जारी गर्ने

Post Date : October 5, 2016 | 2:43 pm

काठमाडौं, १९ असोज । एनआईसी एसिया बैंकले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालले वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो । सभाले शेयरधनीलाई आ.व. २०७२÷७३ को मुनाफामध्येबाट २६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बोनस शेयर वितरणपछि कायम हुने शेयर संख्याको १५ प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत सभाले निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ६९ अर्ब ४८ करोड ७९ लाख रुपैया निक्षेप संकलन, ५८ अर्ब ४५ करोड ७१ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ७ करोड रुपैया खुद मुनाफा गरेको छ । बैंकले गत आ.व.मा भन्दा मुनाफामा ३७ प्रतिशतले वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *