नबिल फाउण्डेसनद्वारा दोलखाको विद्यालयलाई कम्प्युटर वितरण

Post Date : January 29, 2018 | 9:06 pm

दोलखा, १० माघ । नबिल बैंकद्वारा प्रवर्द्धित नबिल फाउण्डेसनले दोलखाको मेलुङ स्थित श्री कालिका नमुना माध्यमिक विद्यालयलाई २ थान नयाँ कम्प्युटर वितरण गरेको छ । नबिल बैंक, चरिकोट शाखाका, शाखा प्रबन्धक श्री सन्तोष भट्टराईले सो कम्प्युटरहरु विद्यँलय ब्यबस्थापन समितिका अध्यक्ष श्री राम भरत तामाङलाई हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा मेलुङ नगरपालिकाका मेयर श्रीमती कल्पना भण्डारीज्यु को प्रमुख अातिथ्यता रहेको थियो ।

सो विद्यालयमा दलित, जनजाति तथा कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीहरु समेत अध्ययनरत छन् । नबिल फाउण्डेसनले विद्यार्थीहरुको शैक्षिक बिकासमा योगदान पुरयाएकोमा श्री कालिका नमुना माध्यमिक विद्यँलय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो । सो अवसरमा नबिल बैंक, चरिकोट शाखाका, शाखा प्रबन्धक श्री सन्तोष भट्टराईले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *