एनआइसी एसिया बैंकका पाँच शाखा स्थापना

Post Date : April 7, 2017 | 5:59 pm

काठमाडौँ, २५ चैत । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । ती शाखाको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।

यी शाखा उद्घाटनसँगै बैंकको शाखा संख्या ८९ पुगेको छ । नया शाखामध्ये वर्दघाट र तानसेनस्थित शाखाको उद्घाटन एनआईसी एसिया बैंकका संचालकद्वय राजेन्द्रप्रसाद अर्याल र विनोदकुमार प्याकुरेलले संयुक्त रूपमा गर्नु भएको छ । त्यस्तै, लम्की र टिकापुर शाखाको उद्घाटन हिम रावल तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोपाल हमालले संयुक्त रूपमा गर्नु भएको छ । हिलेस्थित शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश गिरीले गर्नु भएको बैंकले जनाएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *