प्रभु र्बैंकले पनि शैक्षिक कर्जा दिने

Post Date : August 23, 2016 | 6:13 pm

काठमाडौं, ७ भदौ । प्रभु र्बैंक र काठमाडौं कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजबिच स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाडौं इन्जिनियरिड कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गर्नु भएको छ । सम्झौंता अनुसार इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम ३ लाख रुपैयासम्मको शैक्षिक कर्जा उपभोग गर्न सक्नेछ । कर्जा लिन चाहने विद्यार्थीले एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाणपत्र बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाणपत्रका आधारमा उपलब्ध गराउने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्षभित्र भुक्तान गरी विद्यार्थीले धितो बापत राखेको शैक्षिक प्रमाणपत्र फिर्ता लैजान सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *