वित्तीय साक्षरता सम्बन्धी पुस्तक “फिनलिको” गभर्नरद्वारा बिमोचित

Post Date : September 3, 2016 | 8:48 am

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रकाश कोइरालाद्वारा लिखित “फिनलिको (Financial Literacy Comic Book)” पुस्तकको बिमोचन गर्नुभयो ।

बिमोचनको अवसरमा गभर्नर डा. नेपालले – पैसालाई कसरी सदुपयोग गर्न सकिन्छ । वित्तीय अनुशासनमा बसेर कसरी धन कमाउन सकिन्छ, यो कुरा यस किताबमा दिएकोले सबैले पढ्न जरुरी छ भन्नु भयो । त्यस्तै उहाँले – हामी नेपाली विदेश गएर कति नोकर भएर काम गर्ने, हामीले पनि विदेशीलाई नेपालमा नोकर बनाएर काम गर्ने वातावरण बनाउनु परयो । यस वर्षमा मात्र हामीले भारतबाट प्याज, गोलभेडा ८ अर्ब रुपैयाको भित्र्यायौं । त्यस्तै १९ अर्ब रुपैयाको चामल आयात गरयौं । त्यसकारण तपाई हामी मिलेर देश बनाउनु परयो भन्नु भयो ।

कार्यक्रममा सभापति नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले आफ्नो मन्तव्य दिँदै – वित्तीय साक्षरता सम्बन्धी हामीले गर्नु पर्ने काम प्रकाश कोइरालाले गरेकोमा उहाँलाई बैंकर्सहरूको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *